काठमाडौंमा ‘कस्मेटिका २०२५’ हुँदै
सारांश
- काठमाडौंमा कस्मेटिका २०२५ प्रदर्शनी पुस ११, १२ र १३ गते हुने भएको छ, जसमा सौन्दर्य र वेलनेस क्षेत्रका व्यवसायीहरू सहभागी हुनेछन्।
- प्रदर्शनीको उद्देश्य कस्मेटिक ब्रान्ड, उत्पादक, र वितरकहरूलाई एउटै प्लेटफर्ममा ल्याउनु हो, जसमा नयाँ उत्पादन र प्रविधिको प्रदर्शन हुनेछ।
- कस्मेटिक्स बजार वार्षिक २० देखि २५ प्रतिशतले वृद्धि भइरहेको छ, र प्रदर्शनीले व्यवसायीहरूलाई आफ्नो उपस्थिति मजबुत बनाउन अवसर दिनेछ।
काठमाडौं । कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रसँग सम्बन्धित नेपालकै पहिलो ट्रेड शो ‘कस्मेटिका २०२५’ पुस ११, १२ र १३ गते काठमाडौंमा हुने भएको छ ।
नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा हाउस अफ राजकर्निकारद्वारा आयोजना हुने एक्स्पोलाई नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालको सहयोग रहेको छ।
कस्मेटिका २०२५ को उद्देश्य सौन्दर्य तथा वेलनेस क्षेत्रसँग सम्बन्धित ब्रान्ड, उत्पादक, आयातकर्ता, वितरक, आपूर्तिकर्ता तथा व्यवसायीलाई एउटै प्लेटफर्ममा जोड्नु रहेको आयोजकले जनाएको छ। बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित गरिएको एक्स्पोमा कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र ट्रेन्डको प्रदर्शन गरिनेछ।
एक्स्पोमा कस्मेटिक ब्रान्ड, स्किनकेयर तथा हेयरकेयर कम्पनी, पर्सनल केयर र वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, कस्मेटिक टेक्नोलोजी निकाय, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर इम्प्लान्ट क्लिनिक, डेन्टल केयर तथा कस्मेटिक क्लिनिकहरूको सहभागिता रहनेछ। त्यस्तै, आगन्तुकका रूपमा उत्पादक, आयातकर्ता, वितरक, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन तथा कस्मेटिक डेन्टिस्टहरू सहभागी हुनेछन्।
कस्मेटिका २०२५ मा उत्पादन तथा सेवाको प्रदर्शनीसँगै विभिन्न विशेष कार्यक्रम पनि सञ्चालन गरिनेछ। सौन्दर्य र वेलनेस क्षेत्रमा योगदान पुर्याएका महिलालाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क ट्रायल तथा स्याम्पल वितरण, सेल्फी कियोस्क, ब्रान्ड लन्च, लाइभ मेकअप तथा हेयर स्टाइलिङ डेमो, स्किनकेयर तथा हेयरकेयरसम्बन्धी कार्यशाला र सेमिनार, साथै विज्ञहरूसँग प्रत्यक्ष परामर्शको व्यवस्था रहनेछ। वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी, इसास ब्यूटीलगायतका प्रस्तुति तथा सत्रहरू एक्स्पोका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ।
पछिल्लो एक दशकमा नेपालमा कस्मेटिक्स तथा वेलनेस बजार उल्लेखनीय रूपमा विस्तार भएको आयोजकको भनाइ छ। जीवनशैली, सामाजिक ट्रेन्ड र डिजिटल सक्रियतासँगै व्यक्तिगत हेरचाहप्रति उपभोक्ताको चासो बढ्दा यस क्षेत्रको माग तीव्र रूपमा वृद्धि भएको छ। हाल नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर बजारको कुल मूल्य करिब रु. २३.६ अर्ब पुगेको छ भने सन् २०२५ सम्म यस क्षेत्रको आयात रु. २०.४ अर्ब पुग्ने अनुमान गरिएको छ।
उद्योगका जानकारका अनुसार नेपाली कस्मेटिक्स बजार वार्षिक २० देखि २५ प्रतिशतको दरले वृद्धि भइरहेको छ। बजार निरन्तर विस्तारोन्मुख अवस्थामा रहेकाले उत्पादक, आयातकर्ता र वितरकका लागि कस्मेटिका २०२५ नेपालमा आफ्नो उपस्थिति मजबुत बनाउने महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण