ठगी गरेको आरोपमा युरो एसिया कन्सल्टेन्सी सञ्चालक पक्राउ
सारांश
- युरो एसिया एजुकेसन कन्सल्टका सञ्चालक सूर्यबहादुर डाँगी ठगी आरोपमा पक्राउ परेका छन्।
- उनले विदेश पठाउने बहानामा २६ लाख बढी रकम ठगी गरेको आरोप लागेको छ।
- प्रहरीले डाँगीलाई काठमाडौँको लैनचौरबाट पक्राउ गरी थप अनुसन्धानका लागि पठायो।
काठमाडौँ । ठगीमा संलग्न रहेको अभियोगमा काठमाडौँ लैनचौरस्थित युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने उदयपुर त्रियुगा नगरपालिका–६ जलजले घर भएका ३५ वर्षीय सूर्यबहादुर डाँगीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
सूर्य बहादुरले अध्ययनको लागि युएसए, क्यानडा, अस्ट्रेलिया, युके लगायतका देशहरूमा पठाउन कलेज फि, इन्सुरेन्स पोलिसि समेतको लागि डलर कार्डमार्फत भुक्तानी गर्दा छिटो र सहज हुन्छ भनी आफ्नो कम्पनीको नाममा रहेको बैंक
खातामा रकम जम्मा गर्न लगाई झुट्टा आश्वासन देखाई विश्वासमा पारी पीडितहरूबाट २६ लाख ८ हजार ५ सय ६५ रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ लैनचौरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण