प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेससहितका निवर्तमान सांसदको पूरक रिटमाथिको सुनुवाइ सकियो
सारांश
- प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै ६० निवर्तमान सांसदले सर्वोच्च अदालतमा पूरक रिट दायर गरेका छन्।
- संवैधानिक इजलासमा रिट निवेदनमाथिको सुनुवाइ बुधबार सकिएको छ।
- निवर्तमान सांसदहरूले मुद्दामा आफूहरूलाई पनि पक्ष बनाउन आग्रह गरेका छन्।
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेसका ५७ र अन्य दलका ३ गरी ६० निवर्तमान सांसदले सर्वोच्च अदालतमा पेस गरेको पूरक रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ। बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो।
मंगलबार विघटित संसदमा रहेका कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहितले यसअघिको रिट निवेदनमा पूरक रिट संलग्न गराइ मुद्दाको पक्ष कायम गर्न माग गर्दै निवेदन दिएका थिए ।
घिमिरे र थिङसहित निवर्तमान ८ सांसदले २०८२ मंसिर २३ गते दायर गरेको रिटमा पुस २ गते संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूसँग १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । ६० निवर्तमान सांसद्ले रिट निवेदनका विषयवस्तुमा आफूहरूको पनि प्रत्यक्ष सरोकार, हक, स्वार्थ रहेको भन्दै मुद्दामा सरिक गराउन आग्रह गरेका छन् ।
संवैधानिक इजलासले यी निवेदकलाई पनि सामेल गराउने आदेश दिए यसअघि दर्ता भइसकेका कांग्रेसका ८ निवर्तमान सांसद, एमालेका निवर्तमान सांसद र अन्य डेढ दर्जन रिटलाई एकसाथ राखि सुनुवाइ हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण