उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच चुनावी एकता घोषणा
सारांश
- उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी एकताको घोषणा गरेका छन्।
- दुवै पार्टीले 'बलेको चिम' चुनाव चिन्ह प्रयोग गर्ने र संयुक्त घोषणापत्रमार्फत निर्वाचनमा जाने सहमति गरेका छन्।
- चुनावी सहकार्य सुशासन, दिगो विकास, सामाजिक न्याय, र नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्ने लक्ष्यका साथ गरिएको हो।
काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी एकता घोषणा गरिएको छ। दुवै पार्टीले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने सहमति गरेका हुन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर यससम्बन्धी जानकारी दिइएको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशको वर्तमान जटिल र परिवर्तनशील राजनीतिक अवस्थाबाट निकास खोज्ने उद्देश्यले दुवै पार्टीबीच चुनावी सहकार्य गरिएको सहमतिपत्रमा उल्लेख छ। सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहले हस्ताक्षर गरेका छन् ।
दुवै पार्टीले सुशासन, दिगो विकास, सामाजिक न्याय, इमानदार नेतृत्व र जनउत्तरदायी राजनीतिक विकल्पप्रति बढ्दो जनआकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, पछिल्लो समय देखिएको ‘जेन–जी आन्दोलन’को भावना र मागलाई व्यवहारमा रूपान्तरण गर्दै नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्ने लक्ष्यसहित एकीकृत मोर्चाबाट चुनावमा जाने निर्णय गरिएको जनाइएको छ।
सहमतिअनुसार प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीताको आधारमा गरिनेछ। यसैगरी प्रचार–प्रसार, जनसम्पर्क, स्रोत–साधन र स्वयंसेवक परिचालनलगायत सबै चुनावी गतिविधि संयुक्त रूपमा सञ्चालन गरिनेछ।
साथै, सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम क्षेत्र केन्द्रित विकास, संविधान संशोधन, राज्यको पुनर्संरचना, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, संघीयता र समावेशीता संयुक्त चुनावी घोषणापत्रका मुख्य एजेन्डा रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण