जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा, १५० जनाको बयान
सारांश
- जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ४ जनाको स्थानहद फुकुवा गरेको छ।
- आयोगले पूर्व गृहसचिव, आईजीपी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको स्थानहद फुकुवा गरेको छ।
- अझै पनि केपी ओली र रमेश लेखकको स्थानहद फुकुवा भएको छैन, र उनीहरूलाई बयानका लागि बोलाइने छ।
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले उपत्यका छाड्न र विदेश जान रोक लगाएको ४ जनाको स्थानहद फुकुवा गरेको छ ।
जेनजी आन्दोलन हुँदा गृहसचिव रहेका गोकर्णमणि दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका तत्कालीन प्रजिअ छविलाल रिजालको स्थानहद आयोगले पुस ७ मा फुकुवा गरेको हो । उनीहरूले विदेश यात्रा गर्न नपाउने र उपत्यका छाड्दा अनुमति लिनुपर्ने यसअघिको निर्णय फुकुवा गरिएको भन्दै आयोगले गृह मन्त्रालयमा पत्राचार गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको पनि स्थानहद र विदेश भ्रमण फुकुवा गरिएको छ । थापासँग बयान लिएपछि आयोगले मंसिर १५ उनीबारे त्यसअघि गरेको निर्णय फुकुवा गरेको हो ।
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकको स्थानहद र विदेश जान नपाउने निर्णय फुकुवा गरिएको छैन । लेखकलाई बयानमा आउन भन्दै पत्र पठाएको छ । पुस ११ मा लेखकसँग बयान लिइने आयोगका एकजना पदाधिकारीले रातोपाटीलाई बताए । केपी ओलीलाई बयानमा बोलाउनेबारे आयोगले सरकारसँग परामर्श गरिरहेको छ ।
नयाँ मन्त्रिपरिषद् गठन भएपछि गृहबाट राष्ट्रिय योजना आयोगमा सरुवा भएका दुवाडीले अहिले अवकाश पाएका छन् । जेनजी प्रदर्शन हुँदा आफ्नो संगठनको नेतृत्वमा रहेका हुतराज थापा र चन्द्रकुवेर खापुङले पनि अवकाश पाएका छन् ।
न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले अहिलेसम्म १५० जना भन्दा धेरैसँग बयान लिएको छ । तीमध्ये केहीलाई घटना विवरण कागज गराइएको आयोगका एकजना सदस्यले रातोपाटीलाई बताए । उनले भने, ‘धेरैलाई बयान गराएका छौँ, घटनास्थलका प्रत्यक्षदर्शीलाई घटना विवरण कागज गराएका छौँ ।’ आयोगले केही मृतकका परिवारलाई पनि घटना कागज गराएको छ ।
जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्रका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीसँग बयान लिएको छ ।
आयोगले जेनजी आन्दोलन हुँदा सशस्त्रको कार्य विभागको नेतृत्व गरेका एआईजी नारायणदत्त पौडेल, सशस्त्रका डीआईजी सुरेश श्रेष्ठ, नेपाल प्रहरीका डीआईजी ओम राना र एआईजी सिद्धिविक्रम शाह सहितका अधिकृतहरूसँग बयान लिएको थियो ।
आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदीप चन्दसँग बयान लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण