सहिद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलनको घोषणा
काठमाडौँ । सहिद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै सहिद परिवारका सदस्यहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । मधेस सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेसमा रहेका सहिद परिवारलाई दिइँदै आएको राहत प्याकेज समेत अड्काएर राखेको उनीहरूको आरोप छ ।
सहिद परिवारको अपमान गर्न खोजिएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् । मधेसी सहिद प्रतिष्ठानका सदस्यहरूले पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिवारसम्म आफूहरूको माग सम्बोधनमा सरकारले गम्भीरता नदेखाए आन्दोलन गर्ने बताए ।
सरकारले सहिद परिवारलाई अपमान गर्नुका साथै मधेसी सहिद प्रतिष्ठान नै बन्द गर्ने योजना बनाइरहेको आफूहरूलाई महसुस भएको उनीहरूको भनाइ छ । मधेसी सहिद प्रतिष्ठानका सदस्य शुभम् यादवले आफूहरू प्रतिष्ठानमा आएको ७/८ महिना भइसक्दा समेत तलबसम्म नपाएको गुनासो गरे ।
गृह सञ्चार तथा कानुन मन्त्रालयमा मुख्यमन्त्री कार्यालय सारिएपछि आफूहरूलाई व्यवस्थापन नै नगरी कार्यालय खाली गर्न दबाब समेत आइरहेको उनले आरोप लगाए ।
मधेसी सहिद प्रतिष्ठानका सदस्य यादवले प्रतिष्ठानको ऐन बनेको महिनौँ बितिसक्दा समेत ऐन मन्त्रिपरिषदबाट स्वीकृति प्राप्त भएर प्रदेश सभामा लैजाने कुनै तयारी सरकारले नगरेको समेत बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण