सरकारी राजनीतिक संवाद समितिका पदाधिकारी रास्वपा कार्यालयमा
बुधबार, ०९ पुस २०८२, १५ : ५५
काठमाडौँ । सरकारी उच्चस्तरीय राजनीतिक संवाद कार्यदलका पदाधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबिच भेटवार्ता भएको छ ।
राजनीतिक भेटवार्ता अन्तर्गत बुधबार दिउँसो कार्यदलका पदाधिकारी रास्वपा कार्यालय बनस्थली पुगेका हुन् ।
संवाद कार्यदल संयोजक कानुनमन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजय भद्र खनाल रास्वपा कार्यालय पुगेर आगामी निर्वाचनबारे छलफल गरेका हुन् ।
भेटवार्तामा उपसभापतिद्वय डिपी अर्याल, डा.स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्यहरू सहभागी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण