बलिदानी दिवस ओझेलमा पारिएको भन्दै मधेसका सहिद परिवार आन्दोलनको तयारीमा
सारांश
- मधेस सरकारले सहिद परिवारको बेवास्ता गरेको भन्दै परिवारका सदस्यहरू आन्दोलनको तयारीमा जुटेका छन्।
- सहिद परिवारले राहत तथा सुविधा रोकिएको र बलिदानी दिवसको तयारी नगरिएको भन्दै विरोध जनाएका छन्।
- मधेसी सहिद प्रतिष्ठानले माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।
जनकपुरधाम । मधेस सरकारले सहिद परिवारप्रति निरन्तर बेवास्ता गर्दै आएको आरोप लगाउँदै मधेसका सहिद परिवारका सदस्यहरू आन्दोलनको तयारीमा उत्रिएका छन् ।
प्रत्येक वर्ष माघ ५ गते औपचारिक रूपमा मनाइने बलिदानी दिवस यस वर्ष कुनै तयारीविनै ओझेलमा पारिनुका साथै सहिद परिवारलाई दिइँदै आएको राहत तथा सुविधा प्याकेजसमेत रोकिएको भन्दै उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन् ।
मधेसी सहिद प्रतिष्ठानले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै सरकार गम्भीर नबने आगामी शनिबारसम्म माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने स्पष्ट पारेको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्य शुभम यादवले मधेस सरकारले सहिद परिवारको सम्मान र संरक्षण गर्नुको साटो उनीहरूलाई अपमानित गर्ने नीति लिएको आरोप लगाए । ‘बलिदानी दिवसजस्तो ऐतिहासिक र भावनात्मक दिनको तयारीसमेत नगर्नु सरकारको गम्भीर लापरवाही हो,’ उनले भने, ‘यसले सहिदहरूको बलिदानमाथि नै प्रश्न उठाएको छ ।’
उनका अनुसार सहिद परिवारलाई प्रदान गरिँदै आएको राहत प्याकेज लामो समयदेखि रोकिएको छ भने प्रतिष्ठानमा कार्यरत कर्मचारीले ७–८ महिनादेखि तलबसमेत पाएका छैनन् । यादवले गृह, सञ्चार तथा कानुन मन्त्रालयमा मुख्यमन्त्री कार्यालय सारिएपछि प्रतिष्ठानलाई वैकल्पिक व्यवस्था नगरी कार्यालय खाली गर्न दबाब दिइएको आरोपसमेत लगाए ।
मधेसी सहिद प्रतिष्ठानसम्बन्धी ऐन बनेको महिनौं बितिसक्दा पनि मन्त्रीपरिषद्बाट स्वीकृत गराई प्रदेशसभामा पेस गर्ने तयारी नभएको भन्दै उनले सरकार प्रतिष्ठानलाई निष्क्रिय बनाउने दिशामा अघि बढेको दाबी गरे ।
सहिद परिवारका सदस्यहरूले बलिदानी दिवसको औपचारिक कार्यक्रम सार्वजनिक गर्न, रोकिएको राहत प्याकेज वितरण गर्न, प्रतिष्ठानका कर्मचारीको तलब भुक्तानी गर्न तथा सम्बन्धित ऐन शीघ्र प्रदेशसभामा पेस गर्न माग गरेका छन् ।
माग सम्बोधन नभए शान्तिपूर्ण आन्दोलनदेखि सशक्त दबाबमूलक कार्यक्रमसम्म अघि बढ्ने चेतावनी उनीहरूले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण