भिडियो कन्फरेन्स मार्फत दैनिक ५० जनाको म्याद लिँदै काठमाडौँ प्रहरी
सारांश
- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा काठमाडौंमा प्रहरी कार्यालय र सवारी साधनमा तोडफोड तथा आगजनी भयो।
- उपत्यकामा प्रहरीको क्विक रेस्पोन्स टिम (क्युआरटी) र अन्य साधनको अभाव हुँदा अपराध नियन्त्रणमा चुनौती थपिएको छ।
- प्रहरीले अदालत लैजान गाडी नभएपछि भिडियो कन्फरेन्स मार्फत म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आन्दोलनकारीले काठमाडौँका ९७ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरे । प्रदर्शनकारीले भदौ २४ मा उपत्यकामा मात्रै १०३ वटा हलुका चार पाङ्ग्रे सवारीमा आगजनी गरेका थिए ।
उपत्यकामा घटना हुँदा प्रहरी ५ मिनेटमा पुग्थ्यो । ५ मिनेटमा पुग्ने रणनीति अनुसार उपत्यकाभर मोटरसाइकलमा क्विक रेस्पोन्स टिम (क्युआरटी) परिचालन गरिन्थ्यो । क्युआरटी मोटरसाइकल पनि २१० वटा जलेका छन् । सिआरभी र क्युआरटी नहुँदा घटनास्थलमा पुग्न र अपराध नियन्त्रण गर्न प्रहरीलाई चुनौती भएको छ ।
पक्राउ गरिएका आरोपीलाई अदालत लैजान गाडी नभएपछि प्रहरीले भिडियो कन्फरेन्स मार्फत म्याद लिएर अनुसन्धान गर्न थालेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आजभोलि भिडियो कन्फरेन्समार्फत दैनिक ५० जनाको म्याद अदालतबाट थप गर्न थालेको छ ।
म्याद थप गर्नुपर्ने आरोपीहरूलाई प्रहरी कार्यालयबाटै भिडियो कन्फरेन्सको माध्यमबाट अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘हामीले आजभोलि दैनिक ५० जनालाई भिडियो कन्फरेन्सको माध्यमबाट म्याद लिने गरेका छौँ ।’
साधन स्रोतको सिमितताको कारण भिडियो कन्फरेन्सको माध्यमबाट म्याद लिने गरिएको एसएसपी थापाले जानकारी दिए । कोरोना सङ्क्रमणको बेलामा पनि प्रहरीले म्याद थपको लागी भिडियो कन्फरेन्सबाट म्याद लिने गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण