राष्ट्रिय वाणिज्य बैंक सम्मानित
सारांश
- नेपाल क्लियरिङ हाउसले राष्ट्रिय वाणिज्य बैंकलाई १७ औँ वार्षिकोत्सवमा सम्मान गरेको छ।
- बैंकलाई डिजिटल भुक्तानी र प्रविधिमैत्री सेवामा योगदान पुर्याएकोमा दुई अवार्ड दिइयो।
- बैंकले आगामी दिनमा डिजिटल बैंकिङ र ग्राहक केन्द्रित सेवामा प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय वाणिज्य बैंकलाई दुई फरक विधामा सम्मान प्रदान गरेको छ। डिजिटल भुक्तानी र प्रविधिमैत्री सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै बैंकलाई एकसाथ दुई अवार्ड दिइएको हो।
काठमाडौँमा आयोजित विशेष समारोहमा बैंकलाई सबैभन्दा बढी 'क्यूआर' मर्चेन्ट कारोबार गर्ने र सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकको रूपमा पुरस्कृत गरियो। उक्त सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गरे। सरकारी स्वामित्वको यस बैंकले पछिल्लो समय प्रविधिमा आधारित सेवालाई व्यापक बनाउँदै लगेको छ।
सम्मान ग्रहणपछि बैंकले आगामी दिनमा पनि डिजिटल बैंकिङको प्रवर्द्धन, सुरक्षित भुक्तानी प्रणाली र ग्राहक केन्द्रित सेवामा थप प्रतिबद्ध भएर लाग्ने जनाएको छ। नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपाल क्लियरिङ हाउसले हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने वित्तीय संस्थाहरूलाई प्रोत्साहनस्वरूप यस्तो सम्मान प्रदान गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण