महामन्त्री थापाको प्रस्ताव : क्रियाशील विवाद टुंग्याउन केन्द्रबाट सर्वाधिकार सम्पन्न प्रतिनिधि पठाऔँ
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले क्रियाशील सदस्यता विवाद समाधानका लागि केन्द्रिय प्रतिनिधि पठाउन प्रस्ताव गरे।
- उनले महाधिवेशन रोक्न नहुने भन्दै समस्या भए पुरानै सदस्यको आधारमा प्रक्रिया अघि बढाउनुपर्ने बताए।
- थापाले पार्टी सभापतिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विधि विधान मिच्न नहुने चेतावनी दिए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यताको विवाद समाधानका लागि सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई तत्कालै 'फिल्ड' मा पठाउन प्रस्ताव गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न कार्यसम्पादन समितिको बैठकमा थापाले केही जिल्लामा महाधिवेशनको कार्यतालिका बिथोल्ने बदनियतका साथ सदस्यताको काम रोकिएको आरोप लगाएका हुन् ।
यस्ता समस्या भएका स्थानमा केन्द्रबाट पठाइएका प्रतिनिधिले नै विधान अनुसार विवाद टुङ्ग्याउनुपर्ने उनको माग छ। महामन्त्री थापाले विवादकै कारण महाधिवेशन रोक्न नहुने तर्क गर्दै यदि कुनै क्षेत्रमा समस्या समाधान भएन भने पुरानै क्रियाशील सदस्यहरूको आधारमा सङ्गठनात्मक प्रक्रिया अगाडि बढाउनुपर्ने बताए।
अझै कडा रूपमा प्रस्तुत हुँदै उनले जानाजानी विवाद सिर्जना गर्ने जिल्ला वा क्षेत्रलाई महाधिवेशनमै सहभागी हुन नपाउनेसम्मको कारबाही गर्नुपर्ने प्रस्ताव समेत बैठकमा राखेका छन्। वडा र क्षेत्रीय अधिवेशनको मितिमा केही दिन सामान्य हेरफेर गर्न सकिने भए पनि केन्द्रीय महाधिवेशनको अन्तिम कार्यतालिका भने कुनै पनि हालतमा परिवर्तन गर्न नहुनेमा उनको जोड छ।
थापाले पुस १६ गते तोकिएको वडा अधिवेशनलाई पुस २१ गते र क्षेत्रीय अधिवेशनलाई २३ गते सारेर भए पनि निर्धारित समयमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने स्पष्ट पारे। बैठकका क्रममा महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए। सभापतिले कसैलाई कार्यवाहकको जिम्मेवारी दिए पनि आफैँले शक्तिको अभ्यास गरिरहेको भन्दै उनले त्यसमा आपत्ति प्रकट गरे। पार्टीको आन्तरिक लोकतन्त्र र विधि विधानलाई मिचेर गरिने कुनै पनि अभ्यास स्वीकार्य नहुने उनको चेतावनी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण