वैदेशिक रोजगार विभागमा पहिलो पटक महिला महानिर्देशक
बुधबार, ०९ पुस २०८२, २२ : ३६
सारांश
- मिरा आचार्य वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त भएकी छिन्।
- श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यलाई नियुक्त गरेका हुन्।
- आचार्य यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत थिइन्।
काठमाडौँ। सरकारले वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव मिरा आचार्यलाई नियुक्त गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै विभागमा महानिर्देशकको जिम्मेवारी आचार्यलाई दिएका हुन्।
विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्ने उनी पहिलो महिला महानिर्देशक बनेकी छन् । आचार्यले आज नै विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेकी छन्।
आचार्य केही दिनअघि मात्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएकी थिइन्।
महानिर्देशक कमलप्रसाद भट्टराई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा सरुवा भएसँगै विभागको महानिर्देशक खाली थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण