नेकपा जुम्लाद्वारा नरेश भण्डारीसहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस
सारांश
- नेकपा जुम्लाले प्रतिनिधि सभा निर्वाचनका लागि नरेश भण्डारीसहित ५ जनाको नाम सिफारिस गरेको छ।
- कर्णालीका बौद्धिक नेता भण्डारी यसअघि प्रदेशको कानुन मन्त्री भइसकेका छन्।
- ०७९ को निर्वाचनमा टिकट नपाएका भण्डारीले यसपटक टिकट पाउने सम्भावना रहेको छ।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची तयार पारेको छ । जसमा नरेश भण्डारीसहित ५ जनाको नाम समावेश गरिएको छ ।
नेकपा केन्द्रले नाम सिफारिस गर्न सर्कुलर गरेपछि भण्डारीसहित दल बहादुर जिसी, नमराज न्यौपाने, अम्मराज शाही र हरि रावलको नाम सिफारिस भएको नेकपा जुम्लाले बताएको छ । । कर्णालीको बौद्धिक नेताका रूपमा परिचय बनाएका नरेश भण्डारी यसअघि प्रदेशको कानुन मन्त्री समेत भइसकेका नेता हुन् ।
भण्डारीलाई ०७९ को निर्वाचनमा भने तत्कालीन माओवादी केन्द्रले टिकट दिएको थिएन । उनले आफूले नै टिकट पाउने भनेर चुनाव प्रचार–प्रसार अभियानसमेत थालिसकेका थिए । भण्डारीले त्यतिबेला गुटका आधारमा आफूले टिकट पाउन नसकेको बताएका थिए ।
उनलाई टिकट नदिएर त्यतिबेला गोमा गौतमलाई उम्मेदवार बनाएपछि जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले जित हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण