दक्षिण अफ्रिकामा सामूहिक गोलीबारी : ११ जना पक्राउ
सारांश
- दक्षिण अफ्रिकामा गोलीबारी घटनामा संलग्न भएको आरोपमा ११ जना पक्राउ परेका छन्।
- जोहानेसबर्गको एक भट्टी पसलमा १२ जना बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो।
- प्रारम्भिक अनुसन्धानले यो घटना अवैध खानी टर्फ युद्धसँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ।
जोहानेसबर्ग । दक्षिण अफ्रिकामा गत आइतबार भएको सामूहिक गोलीबारी घटनामा ११ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ ।
जोहानेसबर्ग नजिकैको बेकरस्डलको एउटा भट्टी पसलमा स्थानीय समय अनुसार स्थानीय समयअनुसार बिहान १ बजे ग्राहकहरूमाथि जथाभाबी गोली चलाउने १२ जना अज्ञात बन्दुकधारीलाई प्रहरीले खोजिरहेको छ ।
पक्राउ परेका संदिग्धमध्ये ९ जना लेसोथोका नागरिक भएको र एक जना मोजाम्बिकका भएको प्रान्तीय प्रहरी उपयुक्त मेजर जनरल फ्रेड केकानाले भनेका छन् ।
दक्षिण अफ्रिकी खानी कामदार भएको विश्वास गरिएका अर्का एक संदिग्धलाई पनि हिरासतमा लिइएको छ । विश्वमा सबैभन्दा बढी हत्याका घटना दक्षिण अफ्रिकामा हुने गरेका छन् । झगडा, डकैती र गिरोह हिंसाका कारण यहाँ हत्या सामान्य बनेको छ । प्रारम्भिक अनुसन्धानले यो घटना अवैध खानी टर्फ युद्धसँग जोडिएको हुनसक्ने देखाएको छ ।
आक्रमणका क्रममा बन्दुकधारीहरूले बार्नेसबाट भाग्न खोज्नेमाथि समेत अन्धाधुन्ध गोली चलाएका थिए । सो आक्रमण्का क्रममा दुई जनाको मृत्यु भएको छ ।
घटनास्थल नजिकै एक यात्रुलाई छोडेर आएका ट्याक्सी चालक पनि मारिएका छन् । संदिग्धहरूको साथबाट एके– ४७ राइफलसहित लाइसेन्स नभएका कयौँ हतियारहरू फेला परेका छन् ।
दक्षिण अफ्रिकामा लगभग ३० लाख कानुनी मान्यता प्राप्त हतियारहरू रहेको दक्षिण अफ्रिकी बन्दुकधारी संघका गिदोन जुबर्टले भनेका छन् । त्यति नै सङ्ख्यामा लाइसेन्स नभएका हतियारहरू पनि रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिंकर भञ्ज्याङको सीमा स्तम्भमा फहराइयो राष्ट्रिय झण्डा
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण