जेनजीको नाम बेचेर छट्टु र टाठा बाठाले खाने मेलो गरे : अध्यक्ष ओली
सारांश
- केपी शर्मा ओलीले चुनावको वातावरण नबनेको भन्दै फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए।
- ओलीले राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा चुनावको वातावरण नभएको कुरा राखेको जानकारी दिए।
- उनले अहिले राज्य सञ्चालन गर्नेहरू लोकतन्त्रको बाटो छाडेर सामन्तवादी प्रवृत्तिमा लागेको आरोप लगाए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र राष्ट्रपतिले चुनाव चुनाव भने पनि चुनावको वातावरण नबनेको बताएका छन् ।
बिहीबार एमाले भोलेन्टियर्सहरुलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । त्यस क्रममा ओलीले केही दिनअघि राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा आफूले चुनावको वातावरण नभएकोले फागुन २१ मा निर्वाचन हुन नसक्ने बताएको जानकारी दिए ।
‘अस्तिका दिन राष्ट्रपतिजीले आमन्त्रण गर्नुभएको थियो । शेरबहादुरजी, प्रचण्डजी म गएका थियौँ । प्रधानमन्त्रीलाई पनि बोलाउनुभएको रहेछ । आउनुभयो’, ओलीले भने, ‘राष्ट्रपतिजीको जोड चुनाव गराउनुपर्छ भन्नेमा थियो । हामीले भन्यौ– यो अग्रगमनको बाटो छैन, प्रतिगमन भएको छ तर पनि हामी चुनाव विरोधी होइनौ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा गएकाले जे फैसला आउँछ त्यो मान्न तयार रहेको पनि बताए । ‘प्रधानमन्त्री, राष्ट्रपति चुनाव गराउँछौ भन्नुहुन्छ हामीले नगराऔँ भनेका छैनौ । तर चुनावको खोइ वातावरण बनेको ? वातावरण बन्ने लक्षण छैन, बनेको छैन’, ओलीले प्रश्न गर्दै भने,‘वातावरण बनेको छैन, चुनावको सम्भावनै देखिँदैन । चुनावको वातावरण हामीले बिगारेको छैन, मार्छौ, काट्छौ भनेर हामीले भनेको हो र ?’
उनले अहिले राज्य सञ्चालन गर्नेहरू लोकतन्त्रको बाटो छाडेर सामन्तवादी प्रवृत्तिमा संलग्न भइरहेको आरोप समेत लगाए । ‘अहिले पनि विभिन्न ठाउँमा आक्रमण, नेताहरूमाथि प्रतिबन्ध, दुष्प्रचार, मिडिया ट्रायल लगातार गरेर त्रास खडा गर्ने काम भएको छ’, ओलीले भने, ‘जेनजीका नाममा बच्चा बच्चीलाई त्रास देखाए जस्तो ।’
उनले कुनै आकार प्रकार नभएको नवयुवाको नाम बेचेर केही छट्टु र टाठा बाठाले खाने मेलो गरेको भन्दै त्रास र भयको वातावरण नहटेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण