राजेन्द्र महतो सप्तरी–२ बाट पनि सिफारिस
बिहीबार, १० पुस २०८२, १५ : १४
सारांश
- राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो सप्तरी-२ बाट प्रतिनिधिसभा चुनावको लागि सिफारिस भएका छन्।
- अध्यक्ष महतो सर्लाहीबाट चुनाव लड्ने लगभग निश्चित भइसकेको छ, तर सप्तरी-२ बाट पनि सिफारिस भएका छन्।
- सप्तरी-२ बाट अध्यक्ष महतो, महासचिव केशव झा र नेता महेश यादवको नाम सिफारिस गरिएको छ।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नाम सप्तरी–२ बाट पनि सिफारिस भएको छ । महतो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको उम्मेदवारमा सिफारिस भएका हुन् ।
अध्यक्ष महतो सर्लाहीबाट चुनाव लड्ने लगभग निश्चित भइसकेको छ । यद्यपि सप्तरी–२ बाट पनि सिफारिस भएका हुन् । सप्तरी–२ को क्षेत्रीय समितिले अध्यक्ष महतोसहित पार्टीका महासचिव केशव झा र नेता महेश यादवको नाम सोही क्षेत्रबाट सिफारिस गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले जनाएको छ ।
सप्तरीको क्षेत्र नम्बर ३ बाट सोही पार्टीका नेता चन्द्रकान्त चौधरी र गजेन्द्रकुमार मण्डललाई सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण