नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक कटुवालले दिए राजीनामा
काठमाडौँ । नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले आज एक औपचारिक पत्रमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान) लाई आफ्नो राजीनामा बुझाएका हुन् ।
कटुवालले आफ्नो राजीनामा पत्रमा नेपाल महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गर्न पाउनुलाई ’ठुलो सम्मान र सौभाग्य’ को रूपमा लिएको उल्लेख गरेका छन् ।
उनले आफ्नो कार्यकाललाई ’व्यावसायिक यात्राको सबैभन्दा अर्थपूर्ण अध्यायहरू मध्ये एक’ भन्दै क्यान, सहयोगी कर्मचारी, खेलाडीहरू र सबै सरोकारवालाहरूलाई उनीहरूको सहयोग, समर्थन र विश्वासका लागि धन्यवाद व्यक्त गरेका छन् ।
उनले आफ्नो कार्यकालमा टोलीको प्रदर्शनका साथै अनुशासन, मानसिक सुदृढीकरण र समग्रमा नेपालमा महिला क्रिकेटको दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण योगदान गरेका थिए ।
राजीनामा दिएपछि पनि आफू नेपाल महिला क्रिकेटको एक बलियो समर्थक रहने र टोलीलाई भविष्यका सबै प्रयासहरूमा सफलताको कामना गर्ने कटुवालले प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले देशमा महिला क्रिकेटको विकासमा योगदान पुर्याउने अवसर पाएकोमा कृतज्ञता व्यक्त गर्दै आफ्नो प्रयासले टोलीको यात्रामा केही मूल्य थपेको विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण