थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो
सारांश
- थाइल्यान्डले कम्बोडियासँगको सीमा क्षेत्रबाट विष्णुको मूर्ति हटायो, जुन विवादित क्षेत्रमा थियो।
- मूर्ति हटाउनुको कारण सुरक्षा र सीमा नियन्त्रण कायम गर्नु रहेको बताइएको छ।
- यस घटनाले दुई देशबीचको सीमा विवादलाई थप उजागर गरेको छ।
थाइल्यान्ड । थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दु देवता विष्णुको मूर्ति हटाएको पुष्टि गरेको छ । सरकारका अनुसार यस कदमको उद्देश्य धर्म वा विश्वासको अनादर गर्ने उद्देश्य नभई सीमा क्षेत्रमा नियन्त्रण कायम गर्नु र सुरक्षा सुनिश्चित गर्नु थियो ।
छिमेकी दुई देशबिच दुई हप्ताभन्दा बढी सैन्य झडपपछि सो मूर्ति ध्वस्त भएको थियो । कम्बोडियाका अधिकारीहरूले यसमा आपत्ति जनाए । प्रेह विहार प्रान्तीय प्रवक्ताले मूर्ति सन् २०१४ मा निर्माण भएको र सोमबार हटाइएको बताए ।
थाई सरकारले उक्त संरचना कुनै आधिकारिक धार्मिक स्थलको रूपमा दर्ता गरिएको नभई केवल सजावटी तत्त्वको रूपमा रहेको स्पष्ट पारेको छ । मन्त्रालयले भन्यो, “अझ महत्त्वपूर्ण कुरा, यस क्षेत्रको प्रभावकारी नियन्त्रण सुनिश्चित गर्ने उद्देश्यका साथ मूर्ति हटाइएको थियो ।”
सो मूर्ति ध्वस्त पारिएको भिडियो यस हप्ता थाई सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो । गुगल नक्सा अनुसार मूर्ति कम्बोडियाको सीमाबाट करिब ४०० मिटर टाढा रहेको थियो ।
यो क्षेत्र लामो समयदेखि सीमा द्वन्द्वको केन्द्र रहँदै आएको छ । यस महिनामा सुरु भएको पछिल्लो झडपमा थाइल्यान्डमा २३ जना सैनिक र कम्बोडियामा २१ नागरिकको मृत्यु भएको सरकारी तथ्याङ्कले जनाएको छ ।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले ‘नष्ट भएको मूर्तिलाई सैनिकहरूको जीवन वा अङ्गहरूसँग तुलना गर्न सकिँदैन’ भन्दै विवाद नियन्त्रणमा राख्न सरकार सक्रिय रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण