कम्युनमा प्रहरीले छापा मारेकामा नेकपा माओवादीको आपत्ति
शुक्रबार, ११ पुस २०८२, १५ : १२
काठमाडौँ । नेकपा माओवादीले कम्युन र सर्वसाधारणको घरमा प्रहरीले छापा मारेकोप्रति आपत्ति जनाएको छ ।
माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्घाखाँचीस्थित सितगङ्गा–११ मा प्रहरीले छापा मारेकोप्रति आपत्ति जनाएको हो ।
‘यस आतङ्कपूर्ण घटनाले हामीलाई गम्भीर बनाएको छ । राज्यको यो दमनकारी हर्कतको पार्टी घोर भर्त्सना गर्छ’, विज्ञप्तिमा भनिएको छ ।
सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने तर अर्कोतिर माओवादी उत्पादन केन्द्र र सर्वसाधारण जनताको घरमा छापा मारेको घटनाले देशलाई द्वन्द्वतिर धकेल्न खोजेको माओवादीले आरोप लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण