मोहम्मद युनुसका विशेष सहायक चौधरीले दिए राजीनामा
शुक्रबार, ११ पुस २०८२, १५ : ५१
सारांश
- बंगलादेशमा अन्तरिम सरकारका प्रमुख सल्लाहकारका विशेष सहायकले राजीनामा दिएका छन्।
- कानून व्यवस्था बिग्रँदै गएपछि उनले पदबाट राजीनामा दिएका हुन्।
- फेब्रुअरी १२ मा हुने राष्ट्रिय चुनावअघि सरकारले कानुन व्यवस्थापनबारे चिन्ता व्यक्त गरेको छ।
ढाका । बंगलादेशमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसका विशेष सहायक खुदावक्ष चौधरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । बिग्रँदै गएको कानून व्यवस्थाको अवस्थापछि उनले यो कदम चालेका हुन् ।
डेली स्टारको रिपोर्टअनुसार यस विषयमा जानकार अधिकारीहरूले फेब्रुअरी १२ मा हुने राष्ट्रिय चुनावअघि कानुन व्यवस्थाको व्यवस्थापन बारेमा सरकारको चिन्ता बढेको बताएका छन् ।
स्रोतहरूले बताएअनुसार जुलाईमा भएको विद्रोहपछि खुदा वक्षलाई २०२४ को नोभेम्बर १० मा विशेष सहायक नियुक्त गरिएको थियो । उनले अनुशासन पुनर्स्थापित गर्न र कानुन प्रवर्तन एजेन्सीहरू विशेषगरी प्रहरीभित्र मनोबल बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण