पाँडेको गुनासो : क्युएफएक्सले ‘झरीपछिको इन्द्रेणी’ लाई शो दिएन
सारांश
- निर्देशक अर्जुन घिमिरे 'पाँडे' ले क्युएफएक्स हलले आफ्नो फिल्मलाई कम शो दिएको गुनासो गरे।
- उनले दर्शक भए पनि क्युएफएक्सले शो नथपेको र हिन्दी फिल्मलाई धेरै शो दिएको आरोप लगाए।
- फिल्म 'झरीपछिको इन्द्रेणी' पुस ४ गते रिलिज भएको र दोस्रो हप्तामा प्रवेश गरेको छ।
काठमाडौँ । कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ ले आफ्नो फिल्म ‘झरीपछिको इन्द्रेणी’ लाई क्युएफएक्स हलले शो नदिएर हेला गरेको गुनासो गरेका छन् । आफ्नो फिल्मका लागि क्युएफएक्सले देशभर जम्मा ५ शो दिएको उनको भनाइ छ ।
‘क्युएफएक्सले मेरो फिल्म ‘झरीपछिको इन्द्रेणी’ लाई सुरु देखिनै देशभर जम्मा ५ शो दिएको छ’, पाँडेले भने– ‘एउटा फिल्मले क्युएफएक्समा पाउने शो यति हो र ।’ सुरुमा थोरै शो दिए पनि दर्शक बढेपछि शो बढाउँछ भन्ने लागेको थियो । तर अहिलेसम्म नबढाएको उनको भनाइ छ ।
‘अहिले पनि हेर्ने हो क्युएफएक्समा फिल्मले पाएको सबै शो भरिभराउ छन्’, पाँडेले थपे– ‘दर्शक भएपछि त शोज थप्नु पर्यो नि ।’ उनले आफ्नो फिल्मलाई जान जान शो नदिएको गुनासो गरे ।
‘आजबाट रिलिज भएका हिन्दी फिल्ममा कति दर्शक हुन्छन् थाहा छैन । त्यसलाई २०० बढी शो दिएको छ’, पाँडे भन्छन्– ‘दर्शकको भएको नेपाली फिल्मलाई किन जम्मा पाँच शो ।’
पाँडेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ गत पुस ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको हो । फिल्म आजबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । दर्शकबाट ‘वर्ड अफ माउथ’ पाउन सफल फिल्मले पहिलो साता उत्साहजनक व्यवसाय गरेको पाँडेले बताए । ‘पाँडे’ ले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।
फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ । फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।
अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि र रमेश ७ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा कमव्याक गरेका छन् । नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण