कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र
सारांश
- नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ताहरूले पार्टीलाई स्मरण पत्र बुझाएका छन्।
- नियमित महाधिवेशनमा अलमल देखिएपछि उनीहरूले केन्द्रीय कार्यालयमा स्मरण पत्र बुझाए।
- महामन्त्री थापाले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन मागकर्ताहरूले पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएका छन् । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ दिएर केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई स्मरण पत्र बुझाएका हुन् ।
स्मरण पत्र बुझाउँदै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलनको नेतृत्वकर्ता देवराज चालिसेले नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएको जानकारी दिए ।
उनीहरूले असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाएका थिए । स्मरण पत्र बुझ्दै महामन्त्री थापाले नियमित महाधिवेशन नहुने अवस्थामा विधान अनुसार विशेष महाधिवेशन बाध्यकारी भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण