चिसो बढेपछि बाँकेमा दाउरा वितरण
सारांश
- बाँकेका स्थानीय तहले चिसो बढेपछि १५ हजार क्यूफिट दाउरा वितरण गरे।
- डिभिजन वन कार्यालयबाट दाउरा लिई स्थानीय तहले वितरण गरेका हुन्।
- २०८२ को योजना अनुसार, शीतलहरबाट प्रभावित हुने अनुमान गरिएको छ।
बाँके । चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले १५ हजार क्यूफिट दाउरा वितरण गरेको छ । जिल्लाका स्थानीय तहले तोकिएको राजस्वको २५ प्रतिशत शुल्क बुझाएर डिभिजन वन कार्यालयबाट अहिलेसम्म १५ हजार क्यूफिट दाउरा लिएको वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिए ।
उनले अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिकाका केही वडा, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिकाबाट दाउराको मागबमोजिम वितरण भएको जानकारी दिँदै अझै केही पालिकाबाट माग आउन सक्ने बताए । “चिसो बढ्दै गएको छ र दाउराको माग पनि बढ्ने क्रम जारी छ”, उनले भने । चिसो बढेपछि केही दिनमै सो परिमाणमा दाउरा वितरण भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले नेपालगन्जका केही वडाले आगो ताप्नका लागि आफै दाउरा खरिद गरेको र पालिकास्तरबाट पनि दाउरा खरिदका लागि पत्राचार गरिएको जानकारी दिए । उनले वन कार्यालयलाई पत्राचार गरिएको र छिट्टै खरिद गरेर सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुन लागेको बताउनुभयो । विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार पालिकाले वन कार्यालयसँग सुलभ मूल्यमा दाउरा माग गर्ने निर्णय भएको बताइएको छ ।
स्थानीय तहले डिभिजन वन कार्यालयबाट दाउरा खरिद गरेर नेपालगन्ज र आसपासका सार्वजनिक क्षेत्रमा आगो ताप्ने प्रबन्ध गर्न लागेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिले २०८२ का लागि तयार गरिएको शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनामा यस वर्षको चिसोमा शीतलहरबाट बाँकेमा ३५ हजार ५७२ परिवारका एक लाख ७९ हजार २२० सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । बाँकेका सबै स्थानीय तह शीतलहरबाट प्रभावित हुनसक्ने भएकाले त्यसको सबैभन्दा बढी प्रभाव सहरभन्दा गाउँ क्षेत्रमा बढी पर्ने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण