पोखरामा सडक महोत्सव आइतबारदेखि
सारांश
- पोखरामा सडक महोत्सव पुस १३ गतेदेखि सुरु हुनेछ, जसले पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
- महोत्सव लेकसाइडको खहरेदेखि अम्बोटसम्म चल्नेछ, जसमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू हुनेछन्।
- आयोजकका अनुसार, महोत्सवले पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र सुरक्षित सन्देश दिन मद्दत गर्नेछ।
कास्की । ‘सडक मै खाउ, सडकमै नाचौँ, सडक मै रमाउँ’ को नारासहित पर्यटकीय राजधानी पोखरास्थित फेवाताल किनारमा यही पुस १३ गतेदेखि पोखरा सडक महोत्सव सुरु हुँदैछ ।
अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागतार्थ रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले २७ औँ संस्करणको महोत्सव गर्न लागेको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रेवानका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।
उनका अनुसार महोत्सव लेकसाइडको खहरेदेखि अम्बोटसम्मको साढे तीन किमी क्षेत्रमा पुस १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विषम परिस्थिति र सङ्कटका बाबजुद दिगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष पौडेलले बताए ।
हरेक सङ्कटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान (रिभाइभल) गर्न र ‘पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश प्रवाह गर्न महोत्सव पलदायी हुने विश्वास आयोजकको छ ।
महोत्सवको मुख्य आकर्षणको रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरूको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ बार र पर्यटक लक्षित विशेष खेलहरु रहेको महोत्सवका संयोजक वसन्त गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण