फोटो फिचर
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग : लेनडाँडामा नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल (तस्बिरहरू)
शनिबार, १२ पुस २०८२, ०९ : १५
सारांश
- मकवानपुरको लेनडाँडामा निर्माणाधीन २७० मिटर लामो र नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल निर्माण भइरहेको छ।
- काठमाडौं-तराई-मधेस द्रुतमार्ग अन्तर्गत पुल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ।
- ७१.५ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ, र हालसम्म ३ सुरुङ र ५ पुल बनिसकेका छन्।
काठमाडौँ । काठमाडौँ–तराई–मधेस द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडामा पुल निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। मकवानपुरगढी र बकैया गाउँपालिकामा पर्ने उक्त स्थानमा २७० मिटर लामो तथा नेपालकै सबैभन्दा अग्लो भूकम्प प्रतिरोधी पुल निर्माण भइरहेको छ।
पुल सम्पन्न भएपछि करिब ८१ मिटर उचाइको हुने नेपाली सेनाको लेनडाँडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ७१.५ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ।
_DxytQj3PCj.jpg)
यस आयोजनामा ८९ वटा ठुला पुल र ६ वटा सुरुङ निर्माण गर्ने योजना रहेकोमा हाल ३ सुरुङ र ५ पुल सम्पन्न भइसकेका छन्। द्रुतमार्गको समग्र भौतिक प्रगति हाल ३८ प्रतिशत रहेको छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_L3SwZB6xbk.jpg)
_IHOi96jCK2.jpg)
_bY4TObZD2f.jpg)
_52vHXcXGUI.jpg)
_YZ9SvnBDHr.jpg)
_ip3m3kOYhq.jpg)
_KNSCaqzyiS.jpg)
_bBfuo3W3f8.jpg)
_EHH0OQJHU5.jpg)
_u4KqmBKDLR.jpg)
_cWWACpJkLw.jpg)
_P6RW2QdDx4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण