मोटरसाइकल पिल्लरमा ठोक्किँदा चालकको मृत्यु
शनिबार, १२ पुस २०८२, ११ : ३४
सारांश
- कैलालीको लम्कीचुहामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- लम्कीचुहा नगरपालिका-३ बल्चौरमा मोटरसाइकल अनियन्त्रित भई पिल्लरमा ठोक्किएको थियो।
- दुर्घटनामा २६ वर्षीय अनिष भण्डारीको मृत्यु भएको हो, भने १५ वर्षीय तुफान घाइते छन्।
धनगढी । कैलालीमा मोटरसाइकल पिल्लरमा ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर कैलाशधाम तीर्थस्थल नजिक से ४ प ६७६० नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई सडकको दाहिने तर्फको किनारमा रहेको पिल्लरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की बस्ने २६ वर्षीय अनिष भण्डारी रहेका छन् । शुक्रबार साँझ ७ः ३० बजे भएको सो दुर्घटनामा चालक भण्डारी घाइते भएका थिए ।
भण्डारीको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको छ भने सोही मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने १५ वर्षीय तुफान भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण