लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
काठमाडौँ । लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका एक जना फरार व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय राहुल तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
तामाङ लागुऔषध मुद्दामा दोषी ठहर भई गत भदौ ५ गतेदेखि कारागार कार्यालय सिन्धुलीमा कैद भुक्तान गरिरहेका थिए । तर, गत भदौ २४ गते सिन्धुलीमा भएको प्रदर्शनका क्रममा उनी कारागारबाट फरार भएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, “लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका तामाङ कारागारबाट भागी फरार भएका थिए । पछिल्लो समय उनले पुनः लागुऔषधको बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास तीव्र पारिएको थियो । सोही क्रममा चन्द्रागिरि नगरपालिका–१०, बलम्बु क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।”
प्रहरीले तामाङको साथबाट ठूलो मात्रामा लागुऔषधजन्य ‘इन्जेक्सन’समेत बरामद गरेको जनाएको छ । बरामद लागुऔषधमा डाइजोपाम इन्जेक्सन १५ थान, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १८ थान तथा बुप्रेनोर्फिन इन्जेक्सन १७ थान रहेका छन् ।
प्रहरीका अनुसार तामाङ यसअघि पनि पटक–पटक लागुऔषधसम्बन्धी अपराधमा संलग्न रहेका थिए । उनीविरुद्ध २०७८ साउन २९ गते प्रहरी वृत्त थानकोटमा लागुऔषध मुद्दा दर्ता भएको थियो भने २०८२ असार १३ गते प्रहरी कार्यालय सिन्धुलीमा पनि लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको अभिलेखमा उल्लेख छ ।
यसका साथै, गच भदौ २४ को प्रदर्शनका क्रममा कारागारबाट भागी फरार भएको विषयमा समेत छुट्टै मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । लागुऔषधको अवैध कारोबार समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै प्रहरीले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । प्रहरी उपरीक्षक आचार्यले लागुऔषध नियन्त्रणका लागि नियमित निगरानी, सूचनाको आदानप्रदान र कडाइका साथ कारबाही जारी रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण