प्रलोपाले कर्णालीमा सांगठनिक विस्तारको काम सुरु गर्यो, जिल्ला इन्चार्ज पनि तोकिए
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले कर्णाली प्रदेशमा सांगठनिक विस्तार सुरु गरेको छ।
- वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय बैठकमा प्रदेश कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराइएको छ।
- बैठकमा विभिन्न जिल्लाका इन्चार्जहरूको जिम्मेवारी बाँडफाँट गरियो, भोलि अन्य निर्णय लिइनेछ।
सुर्खेत । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले कर्णाली प्रदेशमा सांगठनिक विस्तारको काम सुरु गरेको छ । शनिबार राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय पहिलो बैठक आयोजना गर्दै सांगठनिक विस्तारमा अग्रसर भएको कर्णाली प्रदेश इन्चार्ज राजकुमार शर्माले बताए ।
बैठकमा प्रदेश कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराइएको छ । प्रदेश अध्यक्ष परिषदमा चार जना अध्यक्ष रहेका छन् भने शनिबारको बैठकको अध्यक्षता राजेन्द्र बुढाले गरेका थिए । अध्यक्ष परिषदमा राजेन्द्र बुढा, पर्बललाल शाही, मुनबहादुर नेपाली र झलक बुढा सदस्य रहेका छन् ।
परिषद् अध्यक्ष राजेन्द्र बुढाका अनुसार अहिलेलाई ५९ जना सदस्य तोकिएको छ । बैठकको निर्णयअनुसार, केही जिल्लाका इन्चार्जहरूको जिम्मेवारी बाँडफाँट गरिएको छ । जसमा सुर्खेतको इन्चार्जमा भीमबहादुर मल्ल, कालिकोट लक्ष्मी भट्टराई, रुकुम पश्चिम गोरख केसी, जाजरकोट मिरा शाही र मुगु इन्चार्जमा मिरा मल्ललाई तोकिएको छ ।
बाँकी जिल्लाहरूको जिम्मेवारी, समानुपातिक उम्मेदवारको सूची र बाँकी कामहरू भोलि आइतबार टुङ्गो लगाइने प्रदेश इन्चार्ज राजकुमार शर्माले बताए। शर्माले बैठकमा आगामी कामहरू, राजनीतिक प्रशिक्षण र सङ्गठनात्मक कामहरूमा जोड दिएका थिए ।
बैठकलाई पार्टीका नेताहरू बाबुराम भट्टराई र जनार्दन शर्माले भिडियो कन्फरेन्स मार्फत सम्बोधन गरेका थिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण