कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सानेपामा बस्ने भएको छ।
- बैठकमा समानुपातिक तर्फका उम्मेदवार चयनको मापदण्डबारे छलफल भयो र नाम चयन प्रक्रिया सुरु भयो।
- महाधिवेशन कार्यतालिका परिमार्जनबारे पनि आज छलफल हुने बताइएको छ।
काठमाडौँ । जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
यसअघि शनिबार भएको बैठकमा समानुपातिक तर्फका १ सय १० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रिया प्रारम्भ भएको थियो । बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाले कारबाहीमा परेकाको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाको बाँकी अवधि माफी मिनाहा गरेको थियो ।
महाधिवेशन कार्यतालिका परिमार्जनबारे पनि आज छलफल हुने बताइएको छ ।यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने पार्टीको तयारी छ ।
पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुङ्गिन नसकेको अवस्थामा अरू कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने विषयमा बैठक केन्द्रित रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण