'दृश्यम ३'मा अक्षय खन्नाको ठाउँमा जयदीप अहलावत
सारांश
- बलिउड फिल्म 'दृश्यम ३' मा अक्षय खन्नाको सट्टा जयदीप अहलावतले खेल्ने चर्चा छ।
- निर्माता कुमार मंगत पाठकले जयदीप अहलावत अक्षय खन्नाभन्दा राम्रो अभिनेता भएको बताएका छन्।
- अक्षय खन्नाले फिल्म छाडेको र एक सफल फिल्मले मात्रै बक्स अफिस स्टार नबन्ने कुरा उठेको छ।
नयाँ दिल्ली । ठुलो बजेटको बलिउड फिल्म कसैले छाड्दा चर्चा हुनु स्वाभाविक नै हो । 'दृश्यम ३' यतिबेला चर्चामा छ र चर्चाको कारण हो फिल्मको कास्टिङ । फिल्मका निर्माता कुमार मंगत पाठकको हालैको एक बयानले बलिउडका दुई शक्तिशाली अभिनेता अक्षय खन्ना र जयदीप अहलावतमध्ये को राम्रो भन्ने बहस सुरु भएको छ ।
आदित्य धरको हालै रिलिज भएको फिल्म ‘धुरन्धर’मा अक्षय खन्नाको नकारात्मक भूमिकाले दर्शक र समीक्षकहरूबाट व्यापक प्रशंसा बटुलेको थियो । रणवीर सिंह र संजय दत्त जस्ता स्टारहरूसँग उनको उपस्थितिलाई फिल्मको प्रमुख शक्ति मानिएको थियो । फिल्मको रेकर्ड–तोड बक्स अफिस कलेक्सन पछि अक्षय खन्ना आफ्नो करियरको शिखरमा पुगेको भन्न लागिएको छ ।
यसैबिच, अक्षयले दृश्यम ३ छाडेको अफवाह सुरु भयो । बलिउड हंगामासँग कुरा गर्दै निर्माता कुमार मंगत पाठकले फिल्ममा अक्षय खन्नाको ठाउँमा जयदीप अहलावतले खेल्ने पुष्टि गरेका छन् । यस क्रममा उनले जयदीपलाई अक्षय भन्दा राम्रो अभिनेता पनि भने । निर्माताका अनुसार, ‘दृश्यम’ जस्तो प्रमुख फ्रान्चाइजी एक्लो अभिनेतामा निर्भर हुँदैन; बरु, कथा र ‘ट्रिटमेन्ट’ यसको वास्तविक शक्ति भएको उनको भनाइ थियो ।
केही कलाकारहरूले बहु–स्टारर फिल्महरूको सफलतापछि आफूलाई सुपरस्टार ठान्ने भन्नदै कुमार मंगतले अक्षय खन्नालाई छेड हाने । केवल एउटा सफल फिल्मले अभिनेतालाई बक्स अफिस स्टार नबनाउँने उनको भनाइ थियो । उनको यो टिप्पणी सामाजिक सञ्जालमा भाइरल भयो । यतिबेला फ्यानहरूलाई दुई समूहमा विभाजित छन् ।
जयदीप अहलावतले वेब सिरिज र फिल्महरूमा आफ्नो शक्तिशाली अभिनयको साथ आफ्नो लागि एक स्थान बनाएका छन् । ‘पाताल लोक’, ‘आक्रोश’लगायतका सिरिजमा उनको भूमिकाको अत्यधिक प्रशंसा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण