३० करोड ठगी प्रकरण: निर्देशक विक्रम भट्ट र पत्नी श्वेताम्बरीको जमानत याचिका पुनः खारेज
सारांश
- बलिउड निर्देशक विक्रम भट्ट र उनकी पत्नीलाई ठगी मुद्दामा अदालतले जमानत दिन अस्वीकार गर्यो।
- उनीहरूले डा. अजय मुर्डियासँग ४७ करोडमा ५ फिल्म बनाउने सम्झौता गरेका थिए, तर दुई मात्रै रिलिज गरे।
- भट्ट दम्पतीमाथि ३० करोड भारु ठगी गरेको आरोप लागेको छ, र उनीहरू हाल प्रहरी हिरासतमा छन्।
मुम्बई । बलिउडका चर्चित फिल्म निर्देशक विक्रम भट्ट र उनकी पत्नी श्वेताम्बरी भट्टलाई ठगी मुद्दामा अदालतले राहत दिन अस्वीकार गरेको छ। उदयपुरको एक अदालतले उनीहरूको दोस्रो जमानत याचिका पनि खारेज गर्दै हिरासत अवधि थप गरेको हो।
इन्दिरा आईभीएफका संस्थापक डा.अजय मुर्डियाले ३० करोड भारु ठगी गरेको आरोपमा उनीहरू विरुद्ध उजुरी दिएपछि गत डिसेम्बर ७ मा दम्पती पक्राउ परेका थिए । डिसेम्बर २४ मा पहिलो रिमाण्ड अवधि सकिएपछि भट्ट दम्पतीले जमानतका लागि निवेदन दिएका थिए। तर, अदालतले मुद्दाको संवेदनशीलता र थप अनुसन्धान तथा सोधपुछ बाँकी रहेको उल्लेख गर्दै जमानत दिन अस्वीकार गर्यो।
डा. मुर्डियाको आरोप अनुसार भट्टले उनकी पत्नीको बायोपिक र अन्य चारवटा फिल्म ४७ करोडमा बनाउने सम्झौता गरेका थिए। ती फिल्मबाट २०० करोडसम्म मुनाफा हुने प्रलोभन देखाइएको दाबी गरिएको छ।
पीडितका अनुसार भट्ट दम्पतीले दुईवटा फिल्म मात्र बनाएर रिलिज गरे भने तेस्रो फिल्मको काम २५ प्रतिशत मात्र पूरा भएको छ। चौथो फिल्म ‘महाराणा–रण’ को त छायाङ्कन समेत सुरु भएको छैन, जसको नाममा मात्रै भट्टले २५ करोड रुपैयाँ हडपेको आरोप छ।
यस प्रकरणमा विक्रम र श्वेताम्बरीका साथै उनकी छोरी कृष्णा भट्ट, दिनेश कटारिया र महबुब अन्सारीसहित ८ जना विरुद्ध उदयपुरको भूपालपुरा थानामा उजुरी दर्ता छ। हाल भट्ट दम्पती प्रहरी हिरासतमा रहेका छन् र अनुसन्धानको प्रक्रिया जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण