निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत, माघ पहिलो साताबाट लागु हुने
सारांश
- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ।
- आचारसंहिता माघको पहिलो हप्ताबाट लागु हुनेछ र यसमा कारबाहीको प्रावधान राखिएको छ।
- आयोगले सरोकारवालाहरुबाट सुझाव लिएर आचारसंहिताको दायरा फराकिलो पारेको जनाएको छ।
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा जानेछ । फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनाव हुदैछ ।
यसअघि आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर सरोकारवालासँग राय सुझाव मागेको थियो । आएका सुझाव समेत समेटेर आचारसंहिता स्वीकृत गरिएको हो । यस पटकको आचारसंहिताको दायरा फराकिलो बनाएको आयोगले दाबी गरेको छ ।
‘पहिला सचेतनाको मोडलमा आचारसंहिता हुन्थ्यो अहिले कारबाहीको मोडलमा छ’, कार्यवाहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘कार्यान्वयनको सवालमा पहिला जस्तै ५०,५५ दिनअघिबाट लागु हुन्छ ।’
उनले आचारसंहिता तत्काल लागु गर्दा सरकारका कामकारबाहीमा प्रभाव पर्ने भएकाले ती विषयलाई समेत ख्याल गरेर माघ पहिलो साताबाट लागु गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण