कर्पोरेट पार्टीमा तरल नाइट्रोजन ककटेल पिएपछि पुरुषको पेट फुट्यो
मस्को । रुसमा एउटा अनौठो घटना भएको छ ।
त्यहाँको चर्चित टेलिग्राम च्यानल बाजाले बताएअनुसार मस्कोमा रहेको ‘इग्रा स्टोलोभ’ पाककला स्टुडियोमा भएको एउटा कर्पोरेट पार्टीमा तरल नाइट्रोजन ककटेल पिएपछि पुरुषको पेट फुटेको छ । पार्टीका लागि बोलाइएको मिक्सोलोजिस्टले अतिथिहरूलाई खुसी पार्न ककटेलमा तरल नाइट्रोजन मिसाइदिएका थिए । यसले पेय पदार्थहरूलाई द्रुत रूपमा चिसो पार्नुको साथै नाइट्रोजनले बाक्लो धुवाँको रूपमा वाष्पीकरण गरेर पनि एकखाले 'कुल दृश्य' बनाउँथ्यो ।
ककटेलमा तरल नाइट्रोजन मिसाउनु कुल ह्याक हुन सक्छ । तर यसरी बनाइएको पेय नाइट्रोजन वाष्पीकरण भएपछि मात्र खान सकिन्छ । तर यो कुरा मिक्सोलोजिस्टले आफ्ना दर्शकहरूलाई जानकारी दिन बिर्से । अहिले भाइरल भएको भिडियोमा नाम नखुलाइएको व्यक्तिले यही पेय पर्खिरहेको र हातमा परेपछि यसलाई कागजको कपबाट पिएको देखाइएको छ, तर यो खाने बित्तिकै उनको मुखबाट धुँवा निस्किन्छ अनि उनी पीडाले रन्थिनिएर पछि हट्छन् । त्यसपछिको दृश्य देखाइँदैन । ककटेल खाँदा ३८ वर्षीय पुरुषको पेट फुटेको रूसी समाचार आउटलेट लेन्टाले पुष्टि गरेको छ । उनको शल्यक्रिया गरिएको र अहिले अवस्था स्थिर भएको बताइएको छ । उनको सो अवस्थाको गम्भीरता भने अझै अज्ञात छ ।
यस वर्षको सुरुमा सेन्ट पिटर्सबर्गमा यस्तै घटना भएको थियो । एउटी २३ वर्षीया रुसी महिलाले तरल नाइट्रोजन मिसाइएको सोडा पिएपछि उनको अन्ननली जलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण