नेपाली महिला भारतमा गिरफ्तार, यस्तो छ कारण
काठमाडौँ । भारतीय प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ । उनलाई सुनौली नाकाबाट भारत प्रवेश गरेको अवस्थामा त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी महिलाको नाम शर्मिला लामा रहेको बताइएको छ । उनी काभ्रेपलाञ्चोक जिल्ला निवासी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शनिबार सुनौली नाकाबाट भारत प्रवेश गरेकी उनलाई शंका लागेर अध्यागमन र प्रहरी टोलीले सोधपुछ गरेपछि अवैध दस्तावेजका आधारमा गिरफ्तार गरिएको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार शर्मिलाले भारतीय नक्कली दस्तावेज बनाएको पाइएको छ । घरेलु कामदारका रूपमा हङकङ जानका लागि उनले भारतीय नक्कली दस्तावेज बनाएको पाइएको हो । उनको साथबाट नेपाली नागरिकताको स्वप्रमाणित प्रतिलिपिसमेत बरामद भएको छ ।
नक्कली विवरणसहित भारतीय राहदानी, आधार कार्ड बनाएर किर्ते गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको बताइएको छ । उनीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण