रास्वपाले प्राइमरी इलेक्सनको समय थप गर्यो
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार छनोटका लागि मतदानको समय थप गरेको छ।
- मतदाताको चाप बढेकाले भोलि बिहान १० बजेसम्म समय थप गर्ने निर्णय भएको छ।
- रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट गर्दैछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवार छनोटका लागि मतदानको समय थप गर्ने निर्णय गरेको छ । आइतबार बसेको रास्वपाको सचिवालयको अनौपचारिक बैठकले मतदाताको चाप बढेकाले भोलि बिहान १० बजेसम्म समय थप गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
रास्वपाले एक सय १० जना समानुपातिक उम्मेदवार छनोटका लागि शनिबार बिहान ७ बजेदेखि आज बेलुका ७ बजे सम्मको प्राइमरी इलेक्सनको समय तोकिएको थियो । यद्यपि बालेन समूहलाई पनि निर्वाचन प्रक्रियामा जोड्ने हिसाबले नभएको उनले जिकिर गरे ।
‘मतदाताको चाप असाध्यै बढेकाले भोलि बिहान १० बजेसम्म समय थप गर्ने निर्णय भएको छ । बालेन समूहलाई समेत समेट्नका लागि होइन । उहाँहरूको विषयमा छुट्टै निर्णय हुन्छ । कसरी समायोजन गर्ने भन्ने विषयमा छलफल जारी छ’, उनले भने ।
सम्झौता अनुमोदन गर्नका लागि भोलि केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी दिए । सकभर भोलि नै निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाउने गरी गृहकार्य भइरहेको बुर्लाकोटीले जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि रास्वपाले कात्तिक २२ गतेदेखि समानुपातिक उम्मेदवार छनोटका लागि आह्वान गरेको थियो । रास्वपाले ५० प्रतिशत लिडरशिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशीताको मापन र ५० प्रतिशत पार्टी सदस्यबाट प्राइमरी निर्वाचन विधि मार्फत उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण