वाणिज्य विभागले तीन वटा फर्मलाई तिरायो जरिवाना
आइतबार, १३ पुस २०८२, १८ : ०६
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई १ लाख १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराखेको पाइएपछि आरोहण फेसन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई ५०/५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ ।
यसैगरी बिलबिजक नराखेको पाइएपछि सम्झना अचार उद्योगलाई १० हजार जरिवाना तिराएको विभागले जनाएको छ ।
विभागले आइतबार १७ वटा व्यावसायिक फर्म तथा उद्योगमा अनुगमन गरेको थियो ।
त्यसमध्ये तीन वटालाई तीन दिनभित्र विभागमा कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ भने ११ वटा फर्मलाई सामान्य निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण