विराटनगरमा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित सडकबाट प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे ११ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ च ०१६४ नम्बरको सेतो रङको कारलाई नियन्त्रणमा लिइएको हो । सुनसरी ट्रेडिङ सेन्टर अगाडि इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट खटिएको संयुक्त टोलीले नियमित चेकजाँचका क्रममा उक्त रकम फेला पारेको थियो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने ४९ वर्षीय अरविन्द अग्रवाल रहेका छन् । उनले कारभित्र लुकाएर राखेको ६ लाख रुपैयाँको आधिकारिक स्रोत खुलाउन नसकेपछि प्रहरीले नगद र कारसहित उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडालका अनुसार पक्राउ परेका अग्रवालमाथि इलाका प्रहरी कार्यालय रानीमा राखेर थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण