एकैदिन ९ फरार प्रतिवादी पक्राउ
तनहुँ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको संयुक्त प्रहरी टोलीले आज विभिन्न मुद्दामा फरार रहेका ९ प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले विभिन्न मुद्दामा फरार रहेका आठ र जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार पक्राउ पर्ने फरार प्रतिवादीहरूमा ऋषिङ गाउँपालिका–१ का सुमन सारु (आपराधिक उपद्रव मुद्दा), व्यास नगरपालिका–१३ की सावित्री पाण्डे (चेक अनादर मुद्दा), भिमाद नगरपालिका–३ का सन्तबहादुर नेपाली, खगिसरा विके र अन्जु नेपाली (अवैध वन्यजन्तु रतुवा मृग चोरी शिकार मुद्दा), घिरिङ गाउँपालिका–२ का तिलबहादुर श्रेष्ठ (चेक अनादर मुद्दा) तथा व्यास नगरपालिका–३ का ३४ वर्षीय जोशनाबानु राना (बैङ्किङ कसुर मुद्दा) रहेका छन् । सबै जनालाई आजै अदालत उपस्थिति गराइएकामा तोकिएको जरिवाना तिरेर छुटेको उनले बताए।
यस्तै, गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय तनहुँ तोडफोड गरी फरार भएका कैदीमध्ये शुक्लागण्डकी नगरपालिका–१० स्थायी ठेगाना भई हाल भिमाद गाउँपालिका–९ मा बस्दै आएका २७ वर्षीय प्रकाश विकेलाई पनि पक्राउ गरी आज कारागार चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण