कुलमान, रवि र बालेनबिचको वार्ता विफल
सारांश
- रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको लागि भएको वार्ता निष्कर्षविहीन भयो।
- रवि लामिछाने, बालेन र कुलमान घिसिङबीचको वार्ता पावर सेयरिङमा सहमति जुट्न नसक्दा टुंगियो।
- सोमबार बिहान पुनः छलफल गर्ने सहमति भएको छ, समानुपातिक बन्दसूची तयार पार्नुपर्ने भएकाले सहमति खोज्ने प्रयास छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच एकता गर्ने उद्देश्यले पुनः सुरु गरिएको संवाद हालसम्म सहमतिमा पुग्न सकेको छैन । आइतबार साँझ रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच काठमाडौँमा भएको वार्ता निष्कर्षविहीन बनेको हो ।
छलफल राति अबेरसम्म चले पनि पावर सेयरिङलगायतका विषयमा सहमति नजुट्दा वार्ता विफल भएको स्रोतले जनाएको छ । रातोपाटीसँग सम्पर्कमा आएका उच्च स्रोतका अनुसार वार्तामा सहमति हुन नसके पनि संवादको सम्भावना भने अझै समाप्त भइसकेको छैन ।
स्रोतका अनुसार सोमबार बिहान पुनः छलफल गर्ने सहमति भएको छ । सोमबारसम्म समानुपातिक तर्फको बन्दसूची तयार गर्नुपर्ने कार्यतालिका रहेकाले त्यसअघि नै सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । बिहान १० बजेसम्म सहमति जुटाउने लक्ष्यसहित पुनः बैठक बस्ने तयारी गरिएको स्रोतले बतायो ।
शक्ति बाँडफाँडमा कुरा नमिल्दा सहमति हुन नसकेको जनाइएको छ। यसैबिच, जेनजी अभियन्ता सुदन गुरुङलगायत अन्य अभियन्ताहरूले दुवै पक्षलाई एकताका लागि चर्को दबाब दिइरहेका छन् । वार्ता भइरहेका बेला उनीहरू वार्ता स्थलमै पुगेर दबाब दिएका थिए । आइतबार साँझबाट सुरु भएको बैठक मध्यरातसम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण