खोटाङ । खोटाङ जिल्लाको दुर्गम पहाडी भेगमा अवस्थित हलेसी महादेव मन्दिर यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ।
_lWNIzXnpce.jpg)
प्राकृतिक गुफाभित्र रहेको यो मन्दिर दर्शन गर्न दैनिक हजारौँको सङ्ख्यामा श्रद्धालुहरू यहाँ आइपुग्छन्। करिब ६ हजार वर्षदेखि अस्तित्वमा रहेको विश्वास गरिने हलेसी धार्मिक र सांस्कृतिक हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ।
_yB7UdbY8Jk.jpg)
पौराणिक कथन अनुसार, कुनै समय भगवान् शिव भस्मासुर राक्षसबाट बच्नका लागि यो गुफामा आएर लुकेका थिए। पछि भगवान् विष्णुको चलाखीपूर्ण सहयोगमा सोही स्थानमा भस्मासुरको वध भयो।
_1kgBCFMPAL.jpg)
राक्षसको अन्त्यपछि शिवले आफ्नी पत्नी पार्वतीसँग मिलेर यी गुफाहरूलाई आफ्नो निवास बनाएको जनविश्वास छ। यही धार्मिक महत्वका कारण यहाँका पहाडका टुप्पामा रहेका तीनवटा गुफालाई भगवान् शिवका तीनवटा आँखाको प्रतीकका रूपमा पुजिन्छ।
_B0LGAGNck5.jpg)
हलेसी केवल हिन्दूहरूको मात्र होइन, बौद्ध धर्मावलम्बीहरूको लागि पनि उत्तिकै पवित्र स्थल हो। बौद्ध धर्मगुरु पद्मसंभव (दोस्रो बुद्ध) ले यहाँ तीन महिनासम्म कठिन ध्यान गरेको विश्वास गरिन्छ।
_6oKjqyewOH.jpg)
त्यसैले यो ठाउँ दुई फरक धर्मको अनुपम संगमस्थलका रूपमा विश्वभर परिचित छ। विशेषगरी शिवरात्रि, रामनवमी र गणेश चतुर्थी जस्ता पर्वहरूमा यहाँ भक्तजनको घुइँचो थामिनसक्नु हुन्छ।
_qfSZcoo0Xr.jpg)
दूधकोशी र सुनकोशी जस्ता पवित्र नदीहरूको बिचमा अवस्थित यो मन्दिर प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ। पहाडी भूगोल, ऐतिहासिक गुफा र गहिरो धार्मिक आस्थाले गर्दा हलेसीको महत्त्व दिनानुदिन बढ्दै गएको छ।
_A5NP6gtgpR.jpg)
दुर्गम स्थानमा भए पनि यहाँको अलौकिक शक्ति र प्राकृतिक बनावटले गर्दा मानिसहरू घण्टौँको यात्रा गरेर महादेवको दर्शन गर्न आइपुग्छन्।
_4BvbYcvYc2.jpg)
_T6RqtXeP3G.jpg)
_BnWYlrwjHp.jpg)
_pFkJiyvrHI.jpg)
_CN0BwPdCFY.jpg)
_7zvqrfpM8X.jpg)
_29FeIv929k.jpg)
_RMKXxKr5ik.jpg)
_uBjl9980Hs.jpg)
_rSlf6yiz7L.jpg)
_PtRsMXwBWU.jpg)
_iDGIYZodKh.jpg)
_PifMn6Htc5.jpg)
प्रतिक्रिया