उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र अशोक राई नेतृत्वको जसपाबिच एकता हुँदै
सारांश
- उपेन्द्र यादवको जसपा नेपाल र अशोक राईको जसपाबीच एकता हुने भएको छ।
- जसपाकी उपाध्यक्ष रेणु यादवले एकताको नेतृत्व गरेकी छन्, राई तयार नभए यादव पक्षले जसपासँग एकता गर्ने जनाएको छ।
- यसअघि, राजेन्द्र श्रेष्ठले पार्टी छाडेर नेकपासँग एकता गरेका थिए, भने लोसपा र जसपाबीच पनि एकता भएको थियो।
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता हुने भएको छ । दुई पार्टीबिच आजै एकताको घोषणा हुने भएको हो ।
जसपाका तर्फबाट उपाध्यक्ष रेनु यादवले एकताको नेतृत्व गरेकी छन् । जसपाका अध्यक्ष अशोक राई भने जसपा नेपालसँग एकताका लागि तयार भइनसके पनि उपाध्यक्ष यादव पक्षले राईसँग संवाद गरिरहेको श्रोतले बताएको छ ।
‘सम्भवतः अशोक राईलाई साथमा लिएर नै एकता घोषणा गर्ने हो। अशोक राईले मानेनन् भने रेणु यादवको नेतृत्वमा जसपा नेपालसँग आजै एकता घोषणा हुन्छ’ स्रोतले दाबी गरेको छ।
उपाध्यक्ष यादव पक्षले आफूहरुसँग बहुमत केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । यसअघि जसपाबाट राजेन्द्र श्रेष्ठ अलग भएर नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरिसकेका छन् । बाँकी रहेका केन्द्रीय सदस्य लिएर उपाध्यक्ष यादवले जसपा नेपालसँग एकता गर्न लागेकी हुन् ।
राई तयार नभए यादव पक्षधरले जसपा नेपालसँग एकताको घोषणा गर्ने जनाइएको छ । आइतबार मात्रै महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबिच एकताको लागि सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण