मदन–आश्रित स्मृति प्रतिष्ठानले विचार गोष्ठी आयोजना गर्ने
सोमबार, १४ पुस २०८२, ११ : ४७
सारांश
- मदन-आश्रित स्मृति प्रतिष्ठानले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबारे गोष्ठी गर्दैछ।
- कार्यक्रममा केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन् भने अन्य वक्ताहरू पनि सहभागी हुनेछन्।
- गोष्ठीले देशको राजनीतिक निकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
काठमाडौँ । मदन–आश्रित स्मृति प्रतिष्ठानले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकासको बारेमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
देशमा व्याप्त राजनीतिक अन्यौलताको बिचमा प्रतिष्ठानले मंगलबार राष्ट्रिय सभा गृह प्रदर्शनी मार्गमा गोष्ठी गर्न लागेको हो । एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा, नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा एमाले केन्द्रीय सदस्य सुनिता डङ्गोल लगायतका वक्ता रहनेछन् । सो कार्यक्रमले राजनीतिक निकासको मार्ग प्रशस्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण