अमेरिकाले यूएनलाई अब २ अर्ब डलर मात्रै दिने
सारांश
- अमेरिकाले संयुक्त राष्ट्र संघलाई दिने आर्थिक सहयोगमा कटौती गरेको छ, अब वार्षिक २ अर्ब डलर मात्र दिनेछ।
- ट्रम्प प्रशासनले यूएनका मानवीय कार्यक्रमहरूलाई दिँदै आएको रकम घटाउँदै आएको छ, र अनुकूलन गर्न चेतावनी दिएको छ।
- पहिले अमेरिकाले यूएनलाई वार्षिक १७ अर्ब डलर सहायता दिने गरेको थियो, जसमा ८ देखि १० अर्ब डलर स्वैच्छिक योगदान थियो।
न्यूयोर्क । अमेरिकाले संयुक्त राष्ट्र संघ (यूएन)लाई दिँदै आएको आर्थिक सहयोगमा उल्लेखनीय कटौती गरेको छ । अबदेखि अमेरिकी प्रशासनले यूएनलाई वार्षिक २ अर्ब डलर मात्र सहायता दिने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले यूएनका विभिन्न मानवीय कार्यक्रमहरूलाई दिँदै आएको रकम क्रमशः घटाउँदै आएको छ । ट्रम्पले संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई नयाँ वास्तविकतामा अनुकूलन गर्न वा लोप हुने अवस्थाको सामना गर्नुपर्ने चेतावनी पनि दिएका छन् ।
अमेरिकाले दिने भनिएको २ अर्ब डलर यसअघि यूएनलाई उपलब्ध गराउँदै आएको कुल सहयोगको सानो हिस्सा हो । संयुक्त राष्ट्र संघका तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा अमेरिकाले वार्षिक रूपमा करिब १७ अर्ब डलर सहायता प्रदान गर्दै आएको थियो । यसमध्ये ८ देखि १० अर्ब डलर स्वैच्छिक योगदान थियो भने बाँकी रकम सदस्यता शुल्कका रूपमा भुक्तानी गरिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण