उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा कसजू र केन्द्रीय सदस्यमा अर्याल प्रस्ताव
सारांश
- बुटवल उद्योग वाणिज्य संघले महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा उज्ज्वलप्रसाद कसजूलाई प्रस्ताव गरेको छ।
- संघले केन्द्रीय कार्यकारिणी सदस्यमा हरिप्रसाद अर्याललाई प्रस्ताव गरेको छ।
- उम्मेदवारहरूले उद्योगी व्यवसायीको हकहित र उद्यमशीलता विकासमा जोड दिने प्रतिबद्धता जनाएका छन्।
बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा संघका निवर्तमान अध्यक्ष तथा महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूलाई अघि सारेको छ । त्यस्तै केन्द्रीय कार्यकारिणी सदस्यमा संघका अध्यक्ष हरिप्रसाद अर्याललाई प्रस्ताव गरेको छ ।
संघको सोमबार बसेको कार्यसमिति बैठकले महासंघ लुम्बिनी प्रदेशको आठौँ प्रदेश सभामा यी दुई जनालाई अगाडि सार्ने निर्णय गरेको हो ।
संघका महासचिव मुक्तिप्रसाद अधिकारीका अनुसार महासंघको ६०औँ वार्षिक साधारण सभा तथा महाधिवेशनमा खुलातर्फबाट कार्यकारिणी सदस्य पदमा अर्याललाई उम्मेदवारी दिन लगाउने निर्णय गरिएको छ ।
महासंघ प्रदेश अध्यक्षका उम्मेदवार कसजू र केन्द्रीय कार्यकारिणी सदस्य पदका उम्मेदवार अर्यालले महासंघको संस्थागत विकास, नीतिगत सुधार, उद्योगी व्यवसायीहरूको हकहित, साना तथा मझौला उद्योगीलाई संवर्द्धन तथा प्रोत्साहन र उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनीहरूले त्यसका लागि जिल्ला नगर उद्योग वाणिज्य संघ, उद्योग व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघ र तीनै तहका सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । महासंघको ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशन आगामी चैत २८ र २९ गतेलाई तय भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण