दुई तिहाइ केन्द्रीय सदस्यको निर्णयले मात्रै पार्टी एकता हुन्छ : रेशम चौधरी
सोमबार, १४ पुस २०८२, १६ : ३५
सारांश
- रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको एकता तत्काल सम्भव नभएको बताए ।
- उनले पार्टी एकताका लागि कानुनी प्रावधान र नाउपाको विधान अनुसार दुई तिहाइ सदस्यको निर्णय आवश्यक रहेको जनाए ।
- चौधरीले दुवै पक्ष निर्वाचनमा सहभागी भइरहेको र तत्काल केन्द्रीय समिति बैठक बस्ने अवस्था नरहेको उल्लेख गरे ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले नाउपासँगको एकता अहिले सम्भव नभएको बताएका छन् ।
सोमबार निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउन पुगेका चौधरीले रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपासँगको एकताबारे यस्तो बताएका हुन् । ‘राजनीतिक पार्टी एक हुन कानुनी अड्चन र देशले बनाएको नीति नियम तथा संविधानको पालना गर्नुपर्छ’, चौधरीले भने, ‘नाउपाको विधानमा दुई तिहाइ केन्द्रीय सदस्यले निर्णय गरेपछि मात्रै पार्टी एकीकृत हुन्छ । नाउपा नेपालको पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि पार्टी एकीकरण प्रक्रिया अघि बढ्छ ।’
चौधरीले अहिले दुवै पक्षले केन्द्रीय समिति बैठक बसाउने अवस्था नभएको बताए । ‘निर्वाचन आयोगमा दुवै दल दर्ता भएका छौ । हामी चुनाव लड्दैछौं उहाँहरु के गर्नुहुन्छ थाहा छैन’, चौधरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण