प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षबिच भेटवार्ता, सुविधा कटौती नगर्न आग्रह
सोमबार, १४ पुस २०८२, १७ : १६
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच शिष्टाचार भेटवार्ता भएको छ ।
अध्यक्ष दाहालले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भेटवार्ता गरेका थिए ।
भेटका क्रममा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यको निर्वाचन, राष्ट्रिय सभाका गतिविधिलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले राष्ट्रियसभाको अधिवेशन बोलाउन र सुविधा कटौती पनि नगर्न आग्रह गरेका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण