स्वास्थ्य बिमाको सात अर्ब बक्यौता भुक्तानीका लागि अर्थ मन्त्रालय पठाइयो : मन्त्री गौतम
सारांश
- स्वास्थ्यमन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाबापतको ७ अर्ब बक्यौता रकम निकासाका लागि अर्थ मन्त्रालयमा पठाएको जानकारी गराइन्।
- उनले स्वास्थ्य बिमा प्रणालीलाई दिगो बनाउन र बिमा प्रक्रियालाई व्यवस्थित गर्न लागिपरेको बताइन्।
- मन्त्री गौतमले नसर्ने रोगको जोखिमबारे चिन्ता व्यक्त गर्दै स्वस्थ जीवनशैली र जनचेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याइन्।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाबापत विभिन्न अस्पताललाई भुक्तानी गर्न बाँकी ७ अर्ब रुपैयाँ बक्यौता निकासका लागि अर्थ मन्त्रालय पठाइएको बताएकी छन् ।
राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोमबार भएको छलफलमा उनले बिमा प्रणालीलाई दिगो र प्रभावकारी बनाउन मन्त्रालयले तीव्र रूपमा गृहकार्य गरिरहेको जानकारी दिइन् । बिमा प्रक्रिया झन्झटिलो भएको स्वीकार गर्दै उनले यसलाई हटाउने भन्दा पनि व्यवस्थित बनाउन आफू लागिपरेको बताइन् ।
मन्त्री गौतमले स्वास्थ्य बिमा बोर्डमा आबद्ध प्रथम सेवा बिन्दुको व्यवस्थापन र बिमा ऐनका कतिपय दफाहरू परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले बिमा बोर्डको स्थायी दरबन्दीका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को पूर्वस्वीकृति मन्त्रिपरिषद्बाट प्राप्त भई काम अघि बढेको समेत जानकारी दिइन् । स्वास्थ्य बिमा बोर्ड र सामाजिक सुरक्षा कोष लगायतसँग समन्वय गरी सुधारका कार्यहरू द्रुत गतिमा अघि बढाइएको उनको भनाइ छ ।
छलफलका क्रममा मन्त्री गौतमले नसर्ने रोगको बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै स्वस्थ्य जीवनशैली र खानपानमा सुधार गर्नुपर्नेमा जोड दिइन् । नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमको प्रचार–प्रसारलाई थप व्यापक बनाउनुपर्ने उनले बताइन् । समितिको बैठकमा सरुवा तथा नसर्ने रोगको वर्तमान अवस्था र समितिका अघिल्ला निर्देशनहरूको कार्यान्वयनको प्रगतिबारे समेत छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण