समानुपातिक सूची टुङ्ग्याएर कांग्रेस मध्यरात आयोगमा
सारांश
- नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची लिएर निर्वाचन आयोगमा बुझाएको छ।
- कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले ११० जनाको नामावली पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
- सूचीमा पुराना योगदान गरेका र अवसर नपाएका नेताहरूलाई प्राथमिकता दिइएको छ।
काठमाडौँ। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची लिएर निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रणालीअन्तर्गत समावेश गरिने ११० जनाको नामावली पारित गरेपछि कांग्रेस नेतृत्व मध्यरात आयोग पुगेको हो ।
सोमबार साँझ कार्यसम्पादन समितिको बैठकबाट नामावली पारित भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका थिए । ‘११० जनाको नामावली कार्यसम्पादन समिति बैठकबाट पारित भएको छ,’ डा. महतले भने ।
उनका अनुसार सूची तयार गर्दा पार्टीका लागि पुराना योगदान गरेका तर अवसर नपाएका नेताहरूलाई प्राथमिकता दिइएको छ । सबै जिल्लालाई समेट्ने प्रयास गरिएको र यसअघि समानुपातिक प्रणालीमार्फत सांसद बनेकालाई यस पटक सूचीमा नराखिएको उनले बताए । यद्यपि, यसअघि प्रत्यक्ष निर्वाचन जितेर सांसद बनेकाहरू भने सूचीमा समावेश रहेको महतको भनाइ छ ।
कांग्रेसभित्र विभिन्न समूहका नेताहरूबिच देखिएको रस्साकस्सीका कारण उम्मेदवार छनोट प्रक्रिया ढिलाइ भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । संस्थापन पक्ष र इतर पक्षबीचको विवादले सूची टुङ्ग्याउन समय लागेको ती सदस्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण