सन् २०२६ मा राष्ट्रसङ्घको मानवीय सहायताका लागि अमेरिकाले दुई अर्ब डलर दिने घोषणा
सारांश
- अमेरिकाले २०२६ मा संयुक्त राष्ट्रसङ्घलाई मानवीय सहायताका लागि दुई अर्ब डलर दिने घोषणा गर्यो।
- राष्ट्रसङ्घको तथ्याङ्क अनुसार, सहायता रकम घटेको छ, तर अमेरिका ठूलो दाता हो।
- टम फ्लेचरले ८७ लाख मानिसहरूलाई सहायताका लागि २३ अर्ब डलरको अनुरोध गरे।
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयको स्रोतले सोमबार सन् २०२६ का लागि राष्ट्रसङ्घको मानवीय सहायताका लागि उपलब्ध गराउने सहयोगसम्बन्धी उक्त समाचारलाई पुष्टि गरेको छ ।
अमेरिका विश्वको शीर्ष मानवीय सहायता दाता हो । राष्ट्रसङ्घको तथ्याङ्क अनुसार सन् २०२२ मा १४ अर्ब डलर रहेको सहायता रकम सन् २०२३ र सन् २०२४ मा लगभग ११ अर्ब डलर थियो भने यो रकम सन् २०२५ मा आइपुग्दा २।७ अर्ब डलरमा झरेको थियो ।
यो प्रतिबद्धता सोमबार साँझ जेनेभामा घोषणा गरिनेछ ।
राष्ट्रसङ्घ सहायता प्रमुख टम फ्लेचरले यस महिनाको सुरुमा राष्ट्रसङ्घको वार्षिक ‘ग्लोबल ह्युमेनिटेरियन अपिल २०२६’ को सुरुवात गरेका थिए । उनले गाजा, युक्रेन, सुडान, हाइटी र म्यान्माजस्ता गम्भीर द्वन्द्वहरूमा धेरै ध्यान केन्द्रित गर्दै विश्वका ८७ लाख खाँचोमा परेका मानिसहरूलाई सहायता प्रदान गर्न २३ अर्ब डलर अनुरोध गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता खर्च घटाएपछि राष्ट्रसङ्घले नयाँ वास्तविकतालाई अनुकूलन गर्ने प्रयास गरिरहेको बेला हालैका वर्षहरूमा अपिलले कभर गर्ने व्यक्तिको सङ्ख्या नाटकीय रूपमा घटाइएको छ।
फ्लेचरले सहयोगका लागि गरिएको अनुरोधमा भने, “अनुरोध ‘कष्टदायी जीवन र मृत्युको छनौटमा आधारित’ रहेको छ । वाशिङ्गटनले प्राथमिकता र सहायता दक्षता सुधार गर्न दृष्टिकोणमा परिवर्तन गर्ने तथा सहयोगको लागि ‘त्यो प्रतिबद्धतालाई नवीकरण’ गर्न छनौट गर्नेछ ।”
राष्ट्रसङ्घले द्वन्द्वग्रस्त क्षेत्रमा महामारीबाट पीडित अर्थात् वा प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको शिकार भएका लगभग २४ करोड मानिसहरूलाई आपत्कालीन सहयोगको आवश्यकता रहेको अनुमान गरेको छ ।
सन् २०२५ मा राष्ट्रसङ्घले ४५ अर्ब डलरभन्दा बढीको लागि गरेको अपिल १२ अर्ब डलरमा मात्र सीमित भएको थियो, जुन एक दशककै सबैभन्दा कम थियो ।
यसले केवल नौ करोड ८० लाख मानिसहरूलाई मानवीय सहायता प्रदान गर्न सम्भव भएको थियो यो मानवीय सहयोगको आवश्यकता भएको विश्वको जनसङ्ख्याको अघिल्लो वर्षको तुलनामा थप २५ लाख व्यक्तिको लागि सहयोगको कमी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण