अपडेट
गायक प्रकाश सपुत रास्वपाको समानुपातिक सूचीमा
मङ्गलबार, १५ पुस २०८२, ०३ : १७
सारांश
- गायक प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार बनेका छन्।
- निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा उनको नाम दलित पुरुष क्लस्टरमा राखिएको छ।
- सपुत 'गलबन्दी' जस्ता लोकप्रिय गीतका कारण चर्चामा छन् र रास्वपाले उनलाई समावेश गरेको हो।
काठमाडौँ। गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएका छन् । रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सपुतको नाम दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा राखिएको छ ।
लोकप्रिय सांगीतिक सिर्जनाहरूबाट आम दर्शक–श्रोतामाझ स्थापित सपुत पछिल्लो समय सामाजिक विषयवस्तुमा आधारित सिर्जनाका कारण विशेष चर्चामा छन् । उनका ‘गलबन्दी’, ‘सकम्बरी’, ‘मेरो पनि हैन र यो देश’, ‘बोल माया’ लगायतका गीतहरूले नेपाली सङ्गीत क्षेत्रमा फरक पहिचान बनाएका छन् ।
रास्वपाले समाजका विभिन्न क्षेत्रबाट परिचित र प्रभावशाली व्यक्तिहरूलाई समानुपातिक सूचीमा समेट्ने क्रममा सपुतलाई अघि सारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण